Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकमा थपियाे ३३ अर्ब निक्षेप, कर्जा प्रवाहकाे अवस्था कस्ताे ?

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १२ : ५५ मा प्रकाशित

वाणिज्य बैंकमा थपियाे ३३ अर्ब निक्षेप, कर्जा प्रवाहकाे अवस्था कस्ताे ?

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढेकाे हाे ।

असाेज २८ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ८ अर्बले बढेकाे हाे । असाेज २१ गतेसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । समग्रमा असोजको २८ दिनमा वाणिज्य बैंकहरूमा ३३ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।

यता बैंकहरूकाे कर्जा प्रवाह थाेरै बढेकाे छ । भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको