Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय, कहिलेबाट खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, ०६ : ५६ मा प्रकाशित

सानिमा र जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय, कहिलेबाट खुल्छ कारोबार ?

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरबाट बनेको सानिमा जिआईसी इन्स्योरेन्सको एकिकृत कारोबार कार्तिक ७ गतेबाट सुरू हुने भएको छ । 

कम्पनीहरुलाई नियामक निकाय बिमा समितीले असोज १४ गते मर्जरको अन्तिम स्विकृति प्रदान गरेको थियो । दुवै कम्पनीबीच असार ३० गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोही कारण अहिले दोश्रो बजारमा यी दुवै कम्पनीको कारोबार रोक्का छ । 

मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन्  । त्यस्तै मर्जर पछि कुनै पनि कम्पनीबाट कर्मचारी कटौति समेत नगर्ने प्रारम्भिक सम्झौता भएको छ । 

सानिमा जनरल इन्स्योरेन्सको हालको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रूपैयाँ छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

634dfd8fd9ef3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको