Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति छ ?

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १२ : १६ मा प्रकाशित

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति छ ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । संस्थाका संस्थापक सेयरधनीले २ हजार २ सय ५४ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हनुाले संस्थाले साेही सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ ।

 नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

त्यसैगरी, उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने संस्थाले जनाएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको