Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र बलियाे नभई देश समृद्ध बन्दैन, बजार केही समय साइडवेजमै : विश्लेषक श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १३ : ०१ मा प्रकाशित

सेयर विश्लेषक डा. केशव श्रेष्ठले यतिबेला सामाजिक सञ्जाल क्लब हाउसमा राजनीतिक दलहरूकाे आर्थिक एजेन्डा के हुनुपर्छ भन्ने बहस चलाइरहेका छन् । साेही विषयमा केन्द्रित रही अर्थ संसार विशेषकाे यस शृङ्खलामा हामीले उनीसँग कुराकानी गरेका छाैँ । 

सेयर बजार र अहिलेको गम्भिर अर्थतन्त्रलाई सम्बोधन गर्न कतैबाट पहल नगरिएको उनी बताउँछन् । ब्याजदर बढ्दै जानु, अर्थतन्त्रको ऐना मानिने सेयर बजार खस्किँदै जानु यी सबै गम्भिर अर्थतन्त्रका सूचकहरू रहेको भन्दै उनले यसलाई चलाउने ड्राइभिङ सीटमा बसेका राजनीतिक दलहरूको यसतर्फ चासो नगएकोमा दुखेसो व्यक्त गरे । 

मुलुक चुनावमय हुँदै गर्दा विभिन्न दलहरूले आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन् । जसमा प्रायजसो सबै साझा एजेन्डाहरू समावेश हुने उनले बताए । मुलुकलाई समृद्धतर्फ लैजाने हो भने सवप्रथम आर्थिक  रूपमा बलियो हुनुपर्ने उनी बताउँछन् । चुनावको बेलामा सामान्य व्यक्तिहरूले कस्तो आर्थिक अपेक्षा राखेका हुन्छन् त्यो सुनाउनै पर्ने जरूरी रहेको भन्दै उनले आफूले  आर्थिक एजेन्डा के हुनुपर्छ भन्ने बहस चलाइरहेकाे बताए । अहिले बोल्दा अली धेरै सुनिन्छ की भन्ने उनको आशा र अपेक्षा छ । 

चुनावमा पनि आर्थिक एजेन्डा रहने र चुनावपछि आफ्ना नीजी एजेन्डाहरू त्यहाँभित्र पसी मुलुक र जनतालाई फाइदा हुने आर्थिक एजेन्डा भने छायाँमा पर्ने गरेको उनको तर्क छ । आफूहरूले सुनाउन चाहेको मुख्य कुरा भनेको यसअघिका बेतिथीहरू के छन्, सुधार्नु पर्ने पाटा के छन्, जनताका आशा अपेक्षा के छन् लगायतका कुरा गरी जनताको आँखाबाट ऐना देखाउने प्रयास गरिएको उनले प्रष्ट पारे ।  राजनीतिक दलहरूप्रति उनीहरूकाे अपेक्षा भनेको कम्तीमा जनताको आवाज सुनियोस् भन्ने छ ।

नेपालमा सच्चा राजनीतिक दलहरूकाे कमी रहँदा अहिलेकाे अवस्था आएको उनको धारणा छ । राजनीतिक दलहरूले आफूहरूबाट पनि आर्थिक मुद्दाहरू सुनिदिएमा मुलुक, दल र जनता सबैलाई फाइदा हुने उनी बताउँछन् । यी कुराहरू राम्ररी सुनेेमा दलहरूलाई घर दैलाेमा जाँदा समेत जनतालाई बुझाउन सहज हुने उनले बताए । 

राजनीतिक दलहरूले अर्थतन्त्रलाई प्राथमिकतामा नराखी आफ्ना निजी स्वार्थ पुरा गर्न लाग्नु अत्यन्त दुर्भाग्य रहेको उनी बताउँछन् । अब जनताहरू पनि आर्थिक मियो बलियो नभई मुलुक समृद्भि तर्फ जाँदैन भन्नेमा सचेत हुनुपर्ने उनले बताए । आर्थिक एजेन्डामा बोल्नै नजान्ने दलहरूले विकास कसरी ल्याउँछन् भन्ने कुरा सर्वसाधारणले समेत बुझ्नुपर्ने उनले बताए । धमिलिएको राजनीतिलाई सुधार्न जनताको ठूलो योगदान हुने उनी बताउँछन् ।

कुराकानी कै क्रममा सेयर बजारकाे पछिल्लाे अवस्थाकाे बारेमा कुराकानी गर्दै उनले बजार केही समय अझै साइडवेजमा जाने बताए । यद्पी धेरै तल भने नजाने भन्दै उनले बलिया कम्पनीहरू छानेर लगानी गरी बढीमा एक वर्ष कुर्याैँ भने सेयर बजारकाे भविष्य राम्रै राम्राे मात्र रहेकाे बताए । अहिलेकाे अवस्थामा हाेल्ड गर्ने र रणनीतिक हिसावले पाेर्टफाेलियाे व्यवस्थापन गर्नुपर्ने उनकाे तर्क छ । याे आर्थिक वर्ष क्रस हुँदासम्म सेयर बजार पनि सम्हालिई सक्नुपर्ने उनको बुझाई छ ।

चुनाव पनि आउने नयाँ नेतृत्वले थोरै मात्र राम्रो काम गर्ने पहल गरेको खण्डमा बजारमा हाईट आउने उनले बताएका छन् । जबसम्म नीति र नीति बनाउने नेतृत्व पोजेटिभ प्याराडिजम तर्फ जाँदैनन् तबसम्म पोजेटिभिटीको आगमन नहुने भन्दै नेतृत्व राम्रो आउनुपर्नेमा उनले जोड दिए । 

राजनीतिक दलहरूकाे आर्थिक एजेन्डा के-कस्ताे हुनुपर्छ भन्ने विषयमा केन्द्रित रही विश्लेषक श्रेष्ठसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको