Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे नयाँ वेवसाइट पूर्ण रूपमा चल्दै, सूचिकृत कम्पनीलाई जरूरी सूचना

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १२ : ५८ मा प्रकाशित

नेप्सेकाे नयाँ वेवसाइट पूर्ण रूपमा चल्दै, सूचिकृत कम्पनीलाई जरूरी सूचना

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे नयाँ वेवसाइट कार्तिक २७ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । सूचिकृत कम्पनीहरूलाई एक सूचना प्रकाशन गर्दै नेप्सेले हालसम्म नेप्सेले सञ्चालन गरेको NOTS को Login ID/User ID नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई कार्तिक २५ गतेभित्र अनिवार्य रुपमा NOTS को Login ID/User ID लिईसक्न आग्रह गरेकाे छ । 

सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु (Corporate Actions & Reports/Documents) नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको “NOTS” को Login ID/User ID अनिवार्य रहने नेप्सेले जनाएकाे छ । 

कार्तिक २७ गते उप्रान्त नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु (Corporate Actions & Reports/Documents) नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण Login ID/User ID खारेज हुनेछ । कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार हुने पनि नेप्सेले जनाएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6354eb69e1076.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको