Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा दाजुभाई र दिदीबहिनीलाई 'सेयर' उपहार दिने की ?

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, ०८ : १४ मा प्रकाशित

तिहारमा दाजुभाई र दिदीबहिनीलाई 'सेयर' उपहार दिने की ?

उपहार भन्ने नाम सुन्ने बित्तीकै तपाईँ म जाेसुकैकाे मन प्रफुल्ल हुन्छ । कुनै पनि खुसीकाे पल साटासाट गर्दा त्यहाँ उपहार भएन भने हामीलाई फिक्का लाग्छ । तर उपहार के दिने भन्नेमा भने हामी सँधै अलमल्ल पर्छाैँ । उपहारकाे बारेमा साेच्न र निर्क्याैलमा पुग्न हामीलाई एक किसिमकाे कठिनाई नै पर्दछ ।

समय परिवर्तन हुँदैछ । अनि विश्व नै डिजिटलाइजड बनेकाे छ । वैज्ञानिक र प्रविधिले नयाँ नयाँ कुरा भित्र्याउँदै लगेका छन् । पछिल्लाे समय कुनै खुसीकाे अवसरमा आफ्ना प्रीय व्यक्तित्वहरूलाई सेयर उपहार दिने प्रचलन पनि बढ्दो छ । जन्मदिनको अवसरमा छोरा छोरीको नाममा यति सेयर किनिदिएँ, वैवाहिक वर्षगाँठको उपलक्ष्यमा श्रीमतीको नाममा सेयर किनिदिएँ जस्ता वाक्यहरू आजकाल हामीले सुनिरहेका हुन्छौँ । किनकी आजकाल केही समय भित्रै उपयोगिता सकिने (Use and Throw) वस्तुहरूमा भन्दा पनि उत्पादनमुलक अनि लगानीयोग्य कुराहरू उपहार दिने प्राय जसो व्यक्तिको रोजाईमा र्पदछ ।

नेपालीहरूकाे दाेश्राे महान चाड तिहार सुरू भइसकेकाे छ । तिहारमा दिदीबहिनीले दाजुभाईलाई र दाजुभाईले दिदीबहिनीलाई टीका लगाएर उपहार स्वरूप केही दिने चलन छ । उपहारकै कुरा गर्नुपर्दा उपहारको एउटा राम्राे विकल्प हो "सेयर बजार" । तिहारको अवसरमा हामी आफ्ना दाजुभाई र दिदीबहिनीको नाममा दिर्घकालिन रूपमा राम्रा मुनाफा दिने आकर्षक कम्पनी छानेर सेयर किनिदिन सक्छौँ ।

सेयर उपहार दिँदा भविष्यमा गएर जरूरी परेको बेला दाजुभाई दिदीबहिनीले त्यही सेयर बेचेर समस्या सल्टाउन सक्दछन् । अनि यति मात्रै नभएर राम्रो कम्पनीको अध्ययन गरेर दिर्घकालिन लगानी गर्दा उपहार पाएको सेयरबाट कमाएको नाफाले फेरि अन्य अवसर अथवा खुसीका पलहरूमा अरू उपहारहरू किन्न समेत सकिन्छ ।

सेयर उपहार दिएर मात्रै भने हुँदैन । यस विषयमा बुझ्नु पनि उत्तिकै जरूरी हुन्छ । त्यसैले यहाँ हामी सेयर र सेयर बजारकाे बारेमा पनि चर्चा गर्नेछाैँ । 

के हाे सेयर ?

सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

सेयर ३ प्रकारका हुन्छन् :-

१. संस्थापक सेयर = कम्पनी स्थापना गर्दा संस्थापकहरुले लिन कबुल गरेको सेयर

२. अग्राधिकार सेयर = कम्पनीले आर्जन गरेकोे मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयर

३. साधारण सेयर = सर्वसाधारणमा बिक्री गरिएको सेयर

सेयर बजार भनेको के हो ?

सामान्य अर्थमा भन्नुपर्दा हामीले माथि कुरा गरेको सेयर किनबेच हुने बजारलाई नै सेयर बजार भनिन्छ । कुनै पनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजारबाट बेच्न वा किन्न सकिन्छ । नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार गराउने गर्दछ । नेप्से नै नेपालको एकमात्र सेयर बजार हो ।

सेयर किन निष्कासन गरिन्छ ?

कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर निष्कासन गरिन्छ ।

कस्ता कम्पनीले सेयर निष्कासन गर्न पाउँछन् ?

पब्लिक कम्पनीहरुले सेयर निष्कासन गर्न पाउँछन् । पब्लिक कम्पनीहरुले आइपिओ निष्कासन गर्दा जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी निष्कासन गर्नु पर्दछ ।

आईपीओ भर्नका लागि चाहिने आवश्यक कुराहरु :-

१. बैंक खाता (खाता)

२. हितग्राही खाता (DEMAT)

३. सी-आस्वा

बैंक खाता कसरी खोल्ने ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएर निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डिपी) को काम गरीरहेको बैंकमा गएर निक्षेप खाता खोल्न सकिन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?

सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर भौतिकीकरण अथवा डिम्याट गर्नु भन्छि । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । बैंक खाता खोलिसकेपछि बैंकलाई नै डिम्याटको र्फम माग्नुपर्ने हुन्छ र त्यो फर्म भरेर बुझाएको एक हप्ता भित्रमा बैंकले डिम्याट अकाउन्ट उपलब्ध गराउँछ ।

सी-आस्वा फर्म कसरी भर्ने ?

सी-आस्वा अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी-आस्वा प्रणली भनिन्छ । यसको पनि फर्म भर्न बैंकमा गएर भर्नु पर्छ । त्यसपश्चात बैंकले एउटा सीआरएन नम्बर दिन्छ । त्यसैगरी घरमै बसी-बसी अनलाइनबाट आईपीओ भर्नका लागि हामीलाई मेरो सेयर चाहिन्छ ।

कसरी खोल्ने मेरो सेयर ?

मेरो सेयरको फर्म बैंकमा पाइन्छ । बैंकमा गएर मेरो सेयरको फर्म भरेको केही दिनमा त्यसको युजर नेम र पासवर्ड आउँछ ।

सेयर बजार के हाे र सेयर बजारमा प्रवेश गर्ने आवश्यक प्रकृयाको बारेमा बुझ्यौँ । हामीले दुई किसीमले सेयरमा लगानी गर्न सक्दछौँ । एउटा भनेको प्राथमिक अर्थात् आईपीओ, म्युचुअल फण्ड लगायतको माध्यमबाट । अर्को भनेको दोश्रो बजार ।   

दोस्रो बजार भनेको के हो ?

तपाईसँग भएको कम्पनीको सेयर तपाईलाई बिक्री गर्न मन लाग्यो अझ अर्को अर्थमा तपाईलाई पैसाको आवश्यक पर्यो, कम्पनी मन परेन वा कम्पनीले धेरै नाफा गरेर निकै ठूलो मुल्यवान कम्पनी बन्यो र सेयरको माग ह्वात्तै बढेर भाउ निकै उच्च भयो नाफा खान मन लाग्यो वा अरु केही कारणले तपाईलाई आफूसँग भएको सेयर बेच्न मन लाग्यो भने यस्तो सेयरको खरिद बिक्री हुने बजार नै दाेश्राे बजार हो ।

कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १५-२० दिन भित्रमा  लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्दछ । सेयर बाँडफाँड गरेको ४-५ दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचिकृत गर्दछ । प्राथमिक सेयरलाई नेप्सेमा सूचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ,  त्यही स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।

दोस्रो बजारमा सेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहन्न । सेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पूरा गरी खरिदबिक्री आदेश दिनुपर्दछ  । यसै आदेशअनुसार ब्रोकरले सेयर किनबेच गरिदिने काम गर्छ । यसरी सेयर किनबेच गरिदिएबापत ब्रोकरले कानुनले तोकेबमोजिमको कमिसन लिने गर्छन् ।

सुरूमा बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने रु कुन समयमा लगानी गर्ने रु लगानी गर्दा कम्पनीको कुनकुन पक्षमा ध्यान दिने जस्ता आधारभूत पक्षहरुबारेमा जानकारी नहुँदा कतिपय लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् । सेयर खरिद गर्न चाहने लगानकर्ताले सम्बन्धित कम्पनीको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी उक्त कम्पनीको व्यवसायको प्रकृति, कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण, संगठित संस्थाहरुद्वारा समयसमयमा प्रवाह गरिने सूचनाहरू जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको