Like us!
Follow us!
Connect us!
Watch us!

रुषा थापाको लेख "सेयर लगानीकर्ताको बिल्लीबाँठ"

रुषा थापा

अर्थ संसार

शनिबार, १२ कार्तिक २०७९, ०७ : २७ मा प्रकाशित

रुषा थापाको लेख  "सेयर लगानीकर्ताको बिल्लीबाँठ"

अहिले बजारमा सेयरमा लगानी गर्ने ५४ लाख लगानीकर्ताहरु सेयरको मूल्य घटेर चुलुम्मै डुबेको कुरा सुनिन्छ । चुक्ता खान गएकी बुढी झोलमै डुबेर मरी भनेझैँ ऊखानमा सेयर लगानीकर्ताहरु परिणत भएका छन् । नाफा खाने सेयरमा लगानी गरेका लगानीकर्ताहरुले नाफा त होइन उल्टै साँवा नै डुबाउनु पप्यो ।  सेयरमा लगानी गर्दा ५४ लाख जनताको अर्बो रुपैँया डुब्यो भनिन्छ । के यो सत्य हो त । 

सेयरमा लगानी गर्दा शिक्षितदेखि अशिक्षितसमेत फसेका छन् र डुबेका छन् । सेयरमा लगानी गर्नेहरुले त यसपालिको दशैँ र तिहारसमेत मनाउन सकेनन् । यीनीहरुको घरपरिवारमा बिजोग भइरहेको छ । हिजो नाफा हुन्छ भनेर घरजग्गा बेचेर , ऋण लिएर वा आफुले जीवरभर कमाएको पैसा सेयरमा लगानी गरे  ।

एकवर्ष अगाडीसम्म सेयर बेच्दा ३ करोड आउन्थ्यो तर अहिले मूल्य घटेर २० लाखमा आयो । आफुसँग भएको पैसा त चुलुम्मै डुबि नै हाल्यो तर वित्तिय संस्थाबाट सेयर धितो राखेर लिएको त ऋण तिर्नु नै पप्यो । अहिले यीनीहरुलाई वित्तिय संस्थाबाट लिएको ऋण कसरी तिर्ने भनेर बसिटिक्नु छैन । 

सेयरमा लगानी गर्ने लगानीकर्ताहरु सेयरको मुल्य घटेपछि पिरले वा टेन्सनले कति त घरबाटै बाहिर निस्किदैँन त कति जाँड खानै व्यस्त हुन्छन् । एकवर्ष अघिसम्म आफ्रनै घर हुने वा आफ्नो निजी कार हुनेहरु अहिले वित्तिय संस्थाको ऋण तिर्न नसकेर बैंकले घर र गाडी नै लिलाम गरेर भाडामा बसिरहेका छन् र भाडाको गाडीमा सवार गरिरहेका छन् । 

त्यस्तै यता एकवर्षअगाडी महंगो होटेलहरुमा खाजा वा रक्सी खानेहरु अहिले लोकल रक्सी बेच्ने भट्टीमा भेटिन्छन् । उनीहरु भट्टीमा बिहानैदेखि रक्सी खाएर बसिरहेको भेटिन्छ वा देखिन्छ । हिजो काफेमा कफी खान जानेहरु अहिले चिया पसलमा उधारो चिया खाइरहेको भेटिन्छ । उनीहरु चियापसलदेखि भट्टी पसलसम्म नै उधारो खान्छन् र गाडी चढ्ने पैसा नभएर पैदल हिड्छन् । 

यता पैसा नभएर न कोठाभाडा नै तिरेको छ न बालबच्चाको फिस नै । यिनीहरुसँग न दशैँ, तिहार नै मनाउन पैसा भयो न बालबच्चालाई एकजोर नयाँ कपडा हालदिने नै । हिजो म करोडपति थिए र मेरो सेयर बेच्दा यति करोड आउन्थ्यो भन्दै आज यीनीहरु भट्टी पसलमा रुन्छन् , कराउँछन् । सेयरको मूल्य घट्यो भनेर हामी डुब्यौँ र हामीले घरजग्गा बेचेर लगानी गरेको त्यो पनि चुलुम्मै भयो भनेर भन्छन् । 

कति त अहिलेपनि सेयरको मूल्य घटेर डुबेपनि नडुबेझैँ हिड्छन् त कति सेयरको मूल्य घटेर डुब्दा अरुलाई रुदैँ भन्छन् । साथै अर्थमन्त्री जर्नादन शर्मा र राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीकै कारण हामी डुब्यौँ भनेर भन्ने गर्छन् । अझैँ कति सेयरलगानीकर्ता भन्छन्, अब अर्थमन्त्री शर्मा र राष्ट्रिय बैंकका गर्भनर अधिकारीले राजीनामा दिनुहुन्छ । कति भन्छन्, चाडबाडकै कारण सेयरको मुल्य घट्यो र हामी डुब्यौँ । 

त्यस्तै यता कति भन्छन्, सेयर बजारमा पनि राजनिति छिप्यो । सेयर लगानीकर्ताहरुले पनि राजनितिक पार्टीकै झोला बोक्ने, सदस्यता लिने र राजनिति पार्टीकै आडमा सेयरमा लगानी गर्ने लगानीकर्ताको संघसंस्था खोले । हिजो सेयरको मूल्य बढाउनुपर्छ भनेर राजनितिक पार्टीको घरघरमा धाउने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र अनशनसमेत बस्ने गरे । 

हिजो यिनीहरुले सेयरको मूल्य बढाउन जेसुकै गरेपनि सेयरको मूल्य बढेन र अब बढ्ने पनि छैन । सेयरको मूल्य अझैँ घट्छ र कारोबार गिप्छ भनेर मानिसहरु भन्छन् । एक दिनमा २३ अर्बको सेयर कारोबार भएको तर अहिले घटेर ४८ करोडमा आएको भनेर भन्छन् । 

अब झन् केही दिनपछि दिनको १० लाखको समेत सेयर कारोबार हुदैँन भनेर भनिन्छ । पछिल्लो समय सेयर किन्न चाहाने नयाँ लगानीकर्ता कोही छैनन् उल्टै बेच्नेको लर्को लागेको पाइन्छ । अहिले जनताहरुले थाहा पाइसकेका छन्, सेयरमा लगानी गर्दा डुबिन्छ । सार्वजनिक सवारीसाधन नै होस् या चौतार, अहिले धेरै मानिसहरु भन्ने गर्छन्, सेयरमा लगानी गर्दा म डुबे । 

बच्चादेखि बुढासम्मले अहिले थाहा पाइसकेका छन् , सेयरमा लगानी गर्दा डुबिन्छ । पुराना लगानीकर्ताहरु वित्तिय संस्थाको ऋण तिर्न नसकेर कति त भागे त कति सम्पर्कबिहीन भएर बसेका छन् । फोनको स्विच खोल्नेबित्तिकै बैंकले फोन गरेर ऋण तिर्नु भन्छ र बैंकको ऋण तिरौँ त पैसा छैन त सेयर बिक्री गरौँ त बिक्री हुदैँन । 

यँही बैंक र सेयरकै कारण पनि कतिले तनाव कम गर्न रक्सी खाइरहेको भनेर भनिन्छ । साथै कतिले त अब सेयरको मूल्य बढ्दैँन र यसमा नाफा हुदैँन भनेर सेयरमा काम गर्न समेत छोडेको भनेर भन्छन् । साथीभाइ वा नातेदारहरुले पनि सेयरमा गरेको लगानी डुबेको थाहा पाइपछि नयाँ ऋण पनि दिन छोडे र दिएको ऋण पनि मागेर हैरान पारे ।

त्यस्तै यता बैंक, फाइन्स र सहकारी भन्छ, कि त महिनामहिनामा कित्ता तिर्नुस् होइन भने कर्जा चुक्ता गर्नुस् । एकवर्षअगाडी ५० लाख मूल्य बराबर पर्ने सेयर धितो राखेर २५ लाख बैंकबाट ऋण लियो , २५ लाखको साँवा, ब्याज नतिरेर ४० लाख पुग्यो तर सेयरको मूल्य घटेर एक लाखमा आइपुग्यो । अहिले सेयरमा लगानी गर्नेहरु भन्छन्, हामी त सेयरमा लगानी गर्दा चुलुम्मै डुब्यौँ तर अब डुब्ने पालो वित्तिय संस्थाको । 

पछिल्लो समय वित्तिय संसथा डुबेको कुरा जनताको कानमा पुगेपछि बैंकले २० प्रतिशत ब्याज र सहकारीले ३६ प्रतिशत ब्याज दिन्छुभन्दा पनि जनता आफ्नो पैसा राख्न तयार छैनन् । वित्तिय संस्था चुलुम्मै डुबिसक्यो भनेर जनताले थाहा पाइसकेका छन् , जसले गर्दा नै वित्तिय संस्थामा पैसा निकाल्नको लर्को लागेको छ तर राख्ने कोही छैन । 

हिजो सेयरमा करोडौँ रुपैँया लगानी गर्नेहरु आज सेयरको मूल्य घटेर डुब्दा सडकछाप भएका छन् । अब बैंकबाट सेयर धितो राखेर लिएको ऋण कसरी तिर्ने भनेर उनीहरु चिन्तित छन् । उनीहरु बरु पत्रपत्रिकामा बैंकले फोटो निकाले निकालोस् र कालोसूचीमा राखे राखोस् भनेर भन्ने गर्छ । सेयरमा लगानी गर्दा हामी डुब्यौँ र अब त्यो रकम उठ्दैँन भनेर वित्तिय संस्थालाई पनि थाहा भइसकेको छ । 

अब बजारमा सेयरको मूल्य बढ्दैँन भनेर वित्तिय संस्थाले पनि थाहा पाइसकेको छ । बैंकले सय रुपैँयामा निष्कासन गरेको सेयर ५ सयदेखि ४ हजारमा किन्नेहरु चुलुम्मै डुबे र सेयर लगानीकर्ताको घरपरिवारमा रुवाबासी चलिरहेको छ । भुपु अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरमा लगानी गर्नु भनेको जुँवातास खेल्नु हो भनेर भनेका थिए र सेयर लगानीकर्ता जुनसुकै बेला पनि सेयरको मूल्य घटेर डुब्न सक्छन् भनेर पनि भनेका थिए। 

कानुनमा जुँवातास खेल्न पाइदैँन तर सेयर लगानीकर्ताहरु सेयरमा जुँवातास खेलेर नराम्ररी डुबे । बुढापाकाहरु भन्थे , १२ वर्षमा बगेको खोला फेरिपनि फर्किन्छ र अहिले सेयरमा लगानी गर्नेहरुको पनि यस्तै हालत भएको छ । सेयर लगानीकर्ताहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ र उनीहरुलाई रातमा निन्द्रा कि दिनमा भोक भइरहेको छ । 

सेयर लगानीकर्ताहरुलाई सेयरमा लगानी डुबेपछि न दिउँसो नै भोक लाग्छ न रातमा निन्द्रा । खर्बो रुपैँया पैसा सेयर लगानीकर्ताको सेयरमा डुबेको छ र लगानी डुबेपछि यिनीहरु आज पागल नै भएका छन् । ५४ लाख जनताले सेयरमा लगानी गरेका थिए र लगानी डुबेपछि यिनीहरु घर न घाटका भएका छन् । 

अब अझैँ कति वर्षसम्म सेयरको मूल्य बढ्दैँन र अब झन् सेयरको मूल्य घट्छ भनेर सेयर लगानीकर्ता नै बताउँछन् । सेयरमा लगानी गर्ने लगानीकर्ता लगानी डुबेपछि कुनै त देश नै छोडेर भागे त कुनै सम्पर्कबिहिन भएर लुकीलुकी हिडिरहेका छन् । 
यिनीहरुको अहिले बिजोग भइरहेको छ । ४ हजार कित्तामा किनेको सेयर अहिले १० रुपैँयामा बेच्छुभन्दा पनि कोही किन्ने छैनन् भनेर उनीहरु नै बताउँछन् । त्यस्तै गरी सेयर लगानीकर्ताको हालत जस्तै घरजग्गामा लगानी गर्नेहरुको भइरहेको छ । ३ वर्षअगाडी आनाको ९० लाखमा किनेको जग्गा अहिले एक लाखमा बिक्री हुदैँन भनेर भनिन्छ । साथै त्यँही जग्गा धितो राखेर वित्तिय संस्थाबाट ऋण लिइयो र ऋण तिर्न पैसा छैनन् त घरजग्गा बिक्री गर्न मान्छे छैन । 

घरजग्गा बेच्नेहरु यत्तिकै छन् भने किन्ने कोही छैन । मालपोत कार्यालयमा दिनहुँ एकदुई ओटा पनि घरजग्गा नामसरी हुदैँन र बैंकको ऋण तिर्न पैसा नभएर घरजग्गा लिलाम गर्नुस् भन्दा पनि बैंक मान्दैन । ५० वर्षअगाडीको रेटमा घरजग्गा आइपुग्यो र घरजग्गामा पुरै मन्दी छायो । अबको १० वर्षसम्म पनि घरजग्गाको मूल्य बढ्दैँन भनेर भनिन्छ र घरजग्गा कारोबार गर्ने दलाली तथा व्यापारीहरु ऋण तिर्न नसकेर भागिसकेका छन् । 

त्यस्तै यता घरजग्गा धितो राखेर कर्जा प्रवाह गर्ने बैंक, फाइन्स तथा सहकारी पनि डुबिसकेको छ । बैंक, फाइन्स र सहकारी डुबेको कुरा थाहा पाइपछि नै बैंक, फाइन्स र सहकारीमा पैसा निकाल्नेको लर्को लागेको हो । पछिल्लो समय जनताले आआफ्नो पैसा वित्तिय संस्थाबाट निकालेर घरमा लुकाइसकेका छन् तर सरकारले अहिलेपनि ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकालेको छैन । 

एकवर्षअगाडी ५० लाखमा किनेको गाडी अहिले बिक्री गर्दा एक लाखमा बिक्री हुदैँन र घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने वित्तिय संस्थाहरु चुलुम्मै डुबेका छन् । सरकारले पनि घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु हुदैँन भनेर जनतालाई सूचित नगराउँदा आज जनताहरु यसरी डुबेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको