निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि डा. तोसिमा कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनी आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिइन् । तर निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियाे ।
निर्वाचन आयोगकाे निर्णय विरुद्ध उनले निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाडौँ, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ र नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौँलाई विपक्षी बनाएर रिट दायर गरेकी छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस