Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनले राेक्याे नयाँ लाइसेन्सकाे सबै प्रकृया

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, ११ : ४१ मा प्रकाशित

सेबाेनले राेक्याे नयाँ लाइसेन्सकाे सबै प्रकृया

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नयाँ लाइसेन्सकाे सबै प्रकृया राेकेकाे छ । 

बोर्डले ब्रोकर लाईसेन्स, कमोडिटी एक्सचेञ्जकाे लाईसेन्स र नयाँ स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएकाे छ ।

कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश  तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै  लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो। 

सेबाेनकाे सूचना हेर्नुहाेस् :

6360b61138d28.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको