नेकपा एमालले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अहिले दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा पूँजी बजार पनि समेटिएकाे छ । पूँजी बजार तथा वित्त बजारकाे व्यवस्थापनकाे लागि पार्टीभित्र आवश्यक संयन्त्र बनाइने घाेषणापत्रमा उल्लेख छ ।
घाेषणापत्रमार्फत् २० वटा ग्यारेन्टी पनि दिइएकाे छ । पार्टीले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारिएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस