Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ०६ : ५६ मा प्रकाशित

गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । 

जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरूले विद्रोह गरेको बताए । संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए ।

जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाइ बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो । “गठबन्धन संविधानको रक्षाका लागि बनेको हो”, उनले भने । कार्यक्रममा रामविनोद यादवको अगुवाइमा विभिन्न व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र झा लगायतले पनि आफ्नो धारणा राखेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको