Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १३ : २६ मा प्रकाशित

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक १७ गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक १६ गते, बुधबारसम्म  बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५१ खर्ब ५३ अर्ब रूपैयाँ रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३ अर्बले बढेर ४५ खर्ब ३९ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी स्थिर रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ५५ अर्ब रूपैयाँ छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.१८ प्रतिशतबाट घटेर ८७.१३ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

6367659f9fc80.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको