Like us!
Follow us!
Connect us!
Watch us!

५ दिनमा २०% मात्र बिक्यो सानिमा क्यापिटलको म्युचुअल फण्ड, लगानीकर्ता भन्छन्-‘कामै छैन’

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १७ : १४ मा प्रकाशित

५ दिनमा २०% मात्र बिक्यो सानिमा क्यापिटलको म्युचुअल फण्ड, लगानीकर्ता भन्छन्-‘कामै छैन’

सानिमा क्यापिटल लिमिटेडले कार्तिक १६ गते, बुधबारदेखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । याे बन्दमुखी योजना हो ।

क्यापिटलई नयाँ फण्ड बिकाउन हम्मेहम्मे परेको छ । फण्ड नबिकेपछि क्यापिटलले आवेदन दिने म्याद लम्ब्याएको छ । यसअघि आजसम्म आवेदन दिन पाइने भनिएकाेमा अब कार्तिक ३० गतेसम्म भर्न पाइन्छ ।  

म्याद थपिएकाे पहिलाे दिन आज (कार्तिक २० गते, आइतबार) ४ बजेसम्ममा २३ हजार ४२ जना लगानीकर्ताहरूले २७ कराेड ३५ लाख ९१ हजार २ सय रूपैयाँ बराबरकाे २ कराेड ७३ लाख ५९ हजार एक सय २० ईकाईका लागि आवेदन दिएका छन् ।

क्यापिटलले सानिमा ग्रोथ फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले  लगानी गर्नेछ । त्यसैगरी, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक श्री सानिमा क्यापिटललाई र  त्यसपछी १ करोड ८० लाख इकाई बीज पूँजीलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

दोस्रो बजारमा सस्तो मूल्यमा म्युचुअल फण्ड पाँउदा पाँउदै महंगो मूल्य नतिर्ने लगानीकर्ताहरुको तर्क छ । ‘अहिले बजारमा ७/८ रुपैयाँमा फालाफाल म्युचुअल फण्ड पाइन्छ अनि किन १० रुपैयाँ तिरेर किन्ने यो कामै छैन’ एक लगानीकर्ताले भने । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको