Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १० : ५६ मा प्रकाशित

बरुण हाइड्रोको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम माैका

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे अवितरित हकप्रद सेयर भर्ने आज (कार्तिक २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आजसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेक, काठमाण्डौ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरूः बिरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ बजार– बाग्लुङ, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाके, बीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, वितामोड–झापा, हेटौडा–मकवानपुर, तुल्सीपुर–दाङ, महेन्द्रनगर–कञ्चनपुर, विराटनगर–मोरङ र क्षेत्रिय कार्यालय–पोखराबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको