Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले ताेक्याे डाटा प्रयाेगकाे शुल्क, कुन प्रयोजनलाई कति ?

नेप्से

सोमबार, २१ कार्तिक २०७९, १२ : ४३ मा प्रकाशित

नेप्सेले ताेक्याे डाटा प्रयाेगकाे शुल्क, कुन प्रयोजनलाई कति ?

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू भएको छ । लागू गरेकाे कार्यविधि अनुसार नै नेप्सेले तथ्यांक प्रयोगको नयाँ शुल्क निर्धारण गरेकाे छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजातसहित नेप्सेमा निवेदन दिनुपर्नेछ भन्ने व्यवस्था भएको हुँदा ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आ.व. २०७९/८० को लागि यो सूचना जारी भएको मितिले ३० दिनभित्र आवेदन दिन नेप्सेले अनुराेध गरेकाे छ । 

नेप्सेले तथ्यांङ्क प्रयाेगका लागि (१) बैंक वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीकाे प्रयोगका लागि, (२) तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता कम्पनी आदिकाे व्यापारिक तथा पूनः वितरण प्रयोजनका लागि, (३) सञ्चार माध्यमहरुको समाचार प्रयोजनका लागि, (४) गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानत्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धात्मक संस्थाहरु आदिका लागि) र (५) विदेश कम्पनीका लागि गरी ५ प्रकारमा वर्गीकरण गरेकाे छ ।  

6368b0aad85fe.jpg 6368b0aaed22d.jpg 6368b0ab4c4ee.jpg 6368b0ab5bbe7.jpg 6368b0ab72909.jpg 6368b0ab8f59b.jpg 6368b0aba5d84.jpg 6368b0abc3947.jpg 6368b0abdadb1.jpg 6368b0ac16cf0.jpg 6368b0ac229cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको