Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १५ : ४४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११:११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । 
छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको