Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनको उप कार्यकारी निर्देशकमा घिमिरे र देवकोटाको बढुवा

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १२ : ०१ मा प्रकाशित

सेबाेनको उप कार्यकारी निर्देशकमा घिमिरे र देवकोटाको बढुवा

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे उप कार्यकारी निर्देशकमा कृष्ण प्रसाद घिमिरे र तेज प्रसाद देवकोटाकाे बढुवा भएकाे छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को व्यवस्था अनुसार सेबाेनको पदपूर्ति समितिको कार्तिक २१ गते बसेको बैठकले उनीहरूलाई बढुवा गरिएकाे हाे । 

बढुवाको लागि प्राप्त आवेदनमध्येबाट कार्यसम्पादन मुल्यांकनको आधारमा घिमिरे र देवकोटालाई बढुवा गर्न सिफारिस गरिएकाे सेबाेनले जनाएकाे छ । घिमिरे र देवकोटा यसअघि कायम मुकायम उप कार्यकारी निर्देशक रहेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको