Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २ खर्ब ५६ अर्बकाे आन्तरिक ऋण उठाउँदै, सार्वजनिक भयाे तालिका

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १६ : ५८ मा प्रकाशित

राष्ट्र बैंकले २ खर्ब ५६ अर्बकाे आन्तरिक ऋण उठाउँदै, सार्वजनिक भयाे तालिका

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ॠण निष्कासन तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंककाे माैद्रिक व्यवस्थापन विभागले तालिका सार्वजनिक गरेकाे हाे ।

जस अनुसार राष्ट्र बैंकले दाेश्राे त्रैमासमा ३० अर्ब, तेश्राे त्रैमासमा ८८ अर्ब र चाैथाे त्रैमासमा १ खर्ब ३८ अर्ब गरी कुल २ खर्ब ५६ अर्ब रूपैयाँ बराबरकाे आन्तरिक ॠण उठाउने भएकाे छ । 

राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक राेजगार बचतपत्रकाे माध्यमबाट उक्त रकम बराबरकाे आन्तरिक ॠण निष्कासन गर्नेछ । कुल रकममध्ये ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले सार्वजनिक गरेकाे तालिकामा उल्लेख छ । 

ट्रेजरी बिल

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

विकास ऋणपत्र

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।

नागरिक बचतपत्र

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ ।

तालिका हेर्नुहाेस् :

636b8e8c8bbd1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको