Like us!
Follow us!
Connect us!
Watch us!

२२ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १० : २४ मा प्रकाशित

२२ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको बिद्युत बिक्रि आम्दानी

माउन्टेन इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले २७ करोड ५७ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ५.१४ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २९ करोड ६ लाख ७६ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ४७ करोड २३ लाख ९९ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा २२ प्रतिशतले बढि हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार १ अर्ब २८ करोड ४६ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा रहेको छ जुन बार्षिकृत गरिएको होईन । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6371c6c61fff3.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको