Like us!
Follow us!
Connect us!
Watch us!

नियमविपरीत असुलेको रकम फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंककाे निर्देशन

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १२ : ५१ मा प्रकाशित

नियमविपरीत असुलेको रकम  फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंककाे निर्देशन

नेपाल राष्ट्र बैंकले बढी शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकले ग्राहकबाट बढी सेवा शुल्क लिने लघुवित्तलाई त्यस्तो रकम फिर्ता गर्न  निर्देशन दिएकाे हाे । यसअघि पनि राष्ट्र बैंकले बैंकहरूलाई रकम फिर्ता गर्न निर्देशन दिएकाे थियाे ।

लघुवित्तहरूले कर्जा प्रवाहमा सेवा शुल्क १.५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था छ । तर, केही लघुवित्तले सोभन्दा बढी रकम असुलेको पाइएको छ । नियमविपरीत असुलेको रकम फिर्ता गर्ने प्रक्रिया सुरू नगरेसम्म लघुवित्तहरूले साधारण सभा गर्न राष्ट्र बैंकबाट स्वीकृति पाउने छैनन् । 

पाैष मसान्तसम्म साधारण सभा गर्नुपर्ने प्रावधान अनुसार बैंक तथा वित्तिय संस्थाहरूले यतिबेला राष्ट्र बैंकसँग स्वीकृति मागिरहेका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको