मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।
उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम नै राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस