सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा VISA Direct सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ । यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले VISA International संग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस