Like us!
Follow us!
Connect us!
Watch us!

हालै बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको नाफामा पहिरो, ईपीएस पनि नकारात्मक

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०६ : १८ मा प्रकाशित

हालै बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको नाफामा पहिरो, ईपीएस पनि नकारात्मक

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र त्यसका लाग्न कर बराबरको नगद लाभांश घोषणा गरिसकेको छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्था १० लाख ३० हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संभावित जोखिमबापत ३ करोड ६२ लाख रुपैयाँ छुट्याउँदा संस्थाको नाफा प्रभावित भएको देखिन्छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा १ कराड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ९ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने १६ प्रतिशतले बढेर ९ करोड ४५ लाख ११ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १६ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा रहेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

6374303490b21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको