Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली पावरको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०६ : ५७ मा प्रकाशित

अरुण काबेली पावरको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अरुण काबेली पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज कार्तिक ३० गते, बुधबार ईन्द्रणी होटल नयाँ बानेश्वर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशतका दरले वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

त्यस्तै सभाले आगामी कार्यकालका लागि नयाँ संचालक समितीको समेत निर्वाचन गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियोे त्यसैले कार्तिक १७ गतसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको