Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो निक्षेपको ब्याज

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०८ : ०८ मा प्रकाशित

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो निक्षेपको ब्याज

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि मंसिर १ गते, बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले मंसिर महिनाका लागि घटाएर ब्याजदर प्रकाशन गरेको छ । मंगलबार बसेको डेभलपमेन्ट बैंकर्स सघको बैठकले मंसिरको ब्याजदर प्रकाशन गर्दा घटाएर प्रकाशन गर्ने सहमति गरेका थिए । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.८५ प्रतिशतदेखि अधिकतम ९.५० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.८५ प्रतिशत देखि अधिकतम १२.८५ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १३.८५ प्रतिशत व्याज प्रदान गर्ने छ । कार्तिक महिनामा बैंकले मुद्दतीमा ११ देखि १३ प्रतिशतसम्म ब्याजदर दिएको थियो । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.४८ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

63744a0a088cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको