Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १७ : १० मा प्रकाशित

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन ३ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक २९ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक २८ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब ६५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ३ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले बढेर ४५ खर्ब ४८ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब १३ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ५७ अर्बमा झरेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.१५ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

6374c95d32412.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको