बैंकहरूकाे निक्षेप संकलन एकदिनमै १६ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक ३० गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक २९ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब ६८ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप १६ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि १३ अर्बले बढेर ४५ खर्ब ६१ अर्ब पुगेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह एक अर्बले घटेर ४७ खर्ब ५८ अर्ब रूपैयाँमा झरेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी भने ४२ खर्ब १३ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.०९ प्रतिशतबाट घटेर ८६.८५ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस