काठमाडौ ४ बाट प्रतिनिधी सभाकाे निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेद्वार डा.राजन भट्टराईलाई भारी मतान्तरले पराजित गराउँदै उनी विजयी बनेका हुन् ।
थापा २१ हजार ३ सय ३ मत सहित निर्वाचित भएका हुन् । भट्टराईले १३ हजार ८ सय ४६ मत पाएका थिए। जस अनुसार गगन थापाले राजन भट्टराईलाई ७ हजार ४ सय ५७ मतकाे अन्तरले पराजित गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस