Like us!
Follow us!
Connect us!
Watch us!

११ कम्पनीकाे साधारण सभा हुँदै : कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १२ : ५१ मा प्रकाशित

११ कम्पनीकाे साधारण सभा हुँदै : कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?

यतिबेला दोश्रो बजारमा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्दै लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरिरहेका छन् ।  वार्षिक साधारण सभाकै कुरा गर्नुपर्दा अहिले विभिन्न ११ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् । त्यस्तै, अजाेड इन्स्याेरेन्सले सेयर स्वामित्व परिवर्तन गर्न विशेष साधारण सभा बाेलाएकाे छ ।

साधारण सभा हुन लागेको कम्पनीहरूको विवरण यस प्रकारको छ  :

१. नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

२. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको बैठकले बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौमा बिहान ९ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक ३० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक १६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँतीसाैँ वार्षिक साधारण सभा मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ८ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले अजोड इन्स्योरेन्स कम्पनी प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्नेछ । प्रभु र अजोड १००:७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको थियो ।

५. युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपाल लिमिटेडकाे सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारणसभा मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि संचालन गर्ने निर्णय गरेको छ । सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२१५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनी मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले मंसिर ४ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश लिन र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

६. सोल्टी होटल

सोल्टी होटलकाे असाेज ३१ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४८औँ वार्षिक साधारण सभा पाैष २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे मंसिर १ गते, बिहीबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३६औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।सभामा बैंककाे कार्तिक १४ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडकाे मंसिर २ गते, शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १८औँ वार्षिक साधारण सभा पाैष ३ गते, आइतबार आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १९ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडकाे मंसिर २ गते, शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २८औँ वार्षिक साधारण सभा मंसिर २६ गते, साेमबार लैनचाैर बैक्ङ्क्वेट, लैनचाैर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा संचालन गर्ने निर्णय गरेको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ ।

११. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा संचालन गर्ने निर्णय गरिएकाे छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मङ्सिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको