Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकमा थपियाे १६ अर्ब निक्षेप, कर्जा प्रवाहकाे अवस्था कस्ताे ?

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १६ : ४५ मा प्रकाशित

वाणिज्य बैंकमा थपियाे १६ अर्ब निक्षेप, कर्जा प्रवाहकाे अवस्था कस्ताे ?

कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढेकाे हाे ।

कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे रकम असाेज मसान्तकाे तुलनामा १६ अर्बले बढेकाे हाे । असाेज मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यता बैंकहरूकाे कर्जा प्रवाह थाेरै बढेकाे छ । असाेज मसान्तसम्म कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कार्तिक मसान्तसम्म आउँदा २ अर्ब बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।

त्यसैगरी, कार्तिक मसान्तसम्म बैंकहरुको औसत सिडी रेसियो ८७.१९ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको