Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट १०% आरक्षण सेयरमा आवेदन गर्न के के चाहिन्छ ? (प्रकृयासहित)

बसन्त पाण्डे

मंगलबार, ०६ मंसिर २०७९, १९ : ३५ मा प्रकाशित

धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा १०% आरक्षण दिने निर्देशिका लागू गरेपछि पहिलो पटक कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुका लागि आईपीओमा आवेदन दिन आह्वान गरेको हो। कम्पनीले मंशिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १ लाख २० हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। 

कसले दिन पाउँछन् आवेदन ?

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले यसमा आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डको निर्देशिका अनुसार विप्रेषण 'रेमिट्यान्स बचत खाता' भएकाहरुले मात्रै आवेदन दिन पाइनेछ। सो बचत खातामा पछिल्लो ६ महिनाभित्र विदेशबाट ५० हजार रुपैयाँ पठाएको हुनुपर्नेछ।  

प्रकृया के छ ? 

सो आरक्षित आईपीओमा आवेदन दिन आस्वा अनुमती प्राप्त बैंक/वित्तिय संस्थामा रेमिट्यान्स बचत खाता भएको हुनुपर्नेछ। सो वचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ। सम्बन्धित बैंकले सो खातामा पछिल्लो ६ महिनामा विदेशबाट ५० हजार नेपाली रुपैयाँ पठाए/नपठाएको चेक गरेर मात्रै आवेदन भेरिफाइ गर्नेछ। 

आवेदन कसरी दिने ? 

आवेदन मेरोसेयरबाटै दिन सकिनेछ। तर सीआरएन नम्बर भने रेमिट्यान्स बचत खातामा डिम्याट खातालाई लिंक गराई लिनुपर्नेछ। अन्यथा मेरोसेयरबाट अप्लाई गर्न मिल्नेछैन।  

नयाँ डिम्याट खोल्नुपर्छ ?
नयाँ डिम्याट खाता खोल्नुपर्दैन। अहिले भएकै डिम्याट खातालाई रेमिट्यान्स बचत खातामा लिंक गराउँदा हुन्छ।  
यदि रेमिट्यान्स बचत खाता छैन भने अब खोल्दा हुँदा कि हुँदैन ?
हुन्छ। त्यसको लागि आस्वा सुविधा भएका बैंकहरुलाई सम्पर्क गर्नुपर्ने हुन्छ। अनि त्यो खातामा ५० हजार रुपैयाँ बचत गर्नुपर्ने हुन्छ।  

५० हजार रुपैयाँ खातामै हुनुपर्ने हो ?

५० हजार नेपाली रुपैयाँ खातामै हुनुपर्ने होईन। पछिल्लो ६ महिनाभित्र त्यति पैसा नेपालमा पठाएको चाहिँ हुनुपर्यो। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको