Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १० : ४५ मा प्रकाशित

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन एक अर्बले बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी घटेकाे छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार मंसिर ७ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप एक अर्बले बढेर ५१ खर्ब ८५ अर्ब पुगेकाे छ । मंसिर ६ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५१ खर्ब ८४ अर्ब रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि १ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब रूपैयाँ पुगेकाे छ । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी एक अर्बले घटेर ४२ खर्ब १३ अर्ब रुपैयाँ पुगेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ५८ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । 

औसतमा ८६.८४ प्रतिशत रहेको सीडी रेसियो घटेर ८६.८१ प्रतिशतमा झरेकाे छ। 

63804da435b80.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको