Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्ब ५३ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १२ : ४० मा प्रकाशित

एक अर्ब ५३ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले एक अर्ब ५३ कराेड भन्दा बढी रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल पुस १ गतेदेखि २०८० साल मंसिर ९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब २२ कराेड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २२ कराेड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ कराेड ६५ लाख रुपैयाँ गरी कूल एक अर्ब ५३ कराेड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले मंसिर १८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6386ffe0878ab.jpg 6386ffe6e90be.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको