Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम फेरियाे

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १७ : ०२ मा प्रकाशित

राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम फेरियाे

नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरेकाे छ । राष्ट्र बैंककाे संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले आज एक सूचना प्रकाशन गर्दै वित्तीय जानकारी इकाईको अंग्रेजी नाम फेरिएकाे जानकारी दिएकाे हाे ।

बैंकको मंसिर १२ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम चलनचल्तीमा Financial Information Unit प्रयोगमा रहेकोमा अबदेखि उक्त इकाईको अंग्रेजी नाम Financial Intelligence Unit र छोटकरीमा FIU-Nepal कायम गरिएको जानकारीको दिइएको छ ।

सूचना हेर्नुहाेस् :

638dd34cd6441.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको