चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजाे (मंसिर २० गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस