Like us!
Follow us!
Connect us!
Watch us!

१८ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले ल्यायाे १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, ११ : ३३ मा प्रकाशित

१८ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले ल्यायाे १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता

सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो । 

शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा (Verified by VISA) दर्ता, निःशुल्क सिआस्वा (CASBA) आवेदन, देशभरीका भिसा नेटवर्क ए.टि.एम.मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम÷छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट (SWIFT) र डिमान्ड ड्राफ्ट (Demand Draft) को शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था ल्याएको छ । 

यस खाताले युवा वर्गहरुबीच वचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको