Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक मोबाइल बैंकिङ क्याम्पेन : १८ जोडीलाई सौराह भ्रमणको अवसर

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १४ : ५७ मा प्रकाशित

सानिमा बैंक मोबाइल बैंकिङ क्याम्पेन : १८ जोडीलाई सौराह भ्रमणको अवसर

सानिमा बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवकाे अवसरमा एफ–वान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ क्याम्पेन याेजना सार्वजनिक गरेको छ ।

जस अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्नेछ ।

उक्त कारोबारहरु २०० भन्दा बढी र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् ।

यो योजना आज मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागि लागू हुनेछ । योजना अवधिभर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारहरुलाई समावेश गरिनेछ। 

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको