Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्डको वार्षिक साधारण सभा आज, १६.५१ % नगद लाभांश पारित हुँदै

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, ०८ : १२ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्डको वार्षिक साधारण सभा आज,  १६.५१ % नगद लाभांश पारित हुँदै

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (मंसिर २५ ) हुदैँ छ । 

बैंककाे  ३६औँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक १४ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने,  सर्वसाधारण सेयरधनीहरूकाे तर्फबाट बैंककाे सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालककाे निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले, मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको