Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो उत्कृष्ट बैंककाे अवार्ड

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १३ : ३९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो उत्कृष्ट बैंककाे अवार्ड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स "न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्" कार्यक्रममा 3 rd Best Managed Commercial Bank Of The Year 2022 अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गर्नुभएको थियो । 

अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घाटन गरेका कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको