Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंककाे साधारण सभा सम्पन्न, लाभांशसहित यी एजेन्डा पारित

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १५ : ०१ मा प्रकाशित

सानिमा बैंककाे साधारण सभा सम्पन्न, लाभांशसहित यी एजेन्डा पारित

सानिमा बैंक लिमिटेडकाे १८औँ वार्षिक साधारण सभा आज (पाैष ३ गते, आइतबार) सम्पन्न भएकाे छ । बैंककाे साधारण सभा आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा सम्पन्न भएकाे हाे ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको