Like us!
Follow us!
Connect us!
Watch us!

५ % बोनसको प्रस्ताव सहित यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारण सभा

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, ०७ : २३ मा प्रकाशित

५ % बोनसको प्रस्ताव सहित यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारण सभा

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) ले साधारण सभा आवहान गरेको छ।  कम्पनीले आफ्नो २९ औं वार्षिक साधारण सभा २०७९ साल पौष २७ गते, बुधबार (तद्नुसार ११ जनवरी, २०२३) मा बोलाएको छ। सभा काठमाडौँ शंखमुलको अनमोल ब्याङ्गकेटमा  
दिनको  ११:०० बजे  हुनेछ।

सभाले कम्पनले  सामान्य र विशेष प्रस्तावमा यो प्रस्ताव अगाडी सारेको छ :

क) सामान्य प्रस्तावहरु :
१ ) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत गर्ने आ.व. २०७८ / ७९ को वार्षिक प्रतिवेदन पारित गर्ने बारे ।
२) लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने बारे ।
३)आ.व. २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने बारे ।

ख) विशेष प्रस्ताव :
१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. ५,१४,०८,०००/- बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतका दरले हुने रु. २७,०५,६८४/२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने बारे ।

२) कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने बारे ।

कम्पनीले साधारण सभामा उपस्थिति र लाभांसको प्रयोजनका लागि  २०७९ साल पौष १७ गते एक दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द गर्नेछ । अर्थात पौष १७ को  सम्म नेपाल स्टक एक्सचेञ्ज लि. मा कारोबार भइ रहेका सेयरधनीले लाभांस र सभमा भाग लिन पाउने छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको