Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्स र स्टक एक्सचेञ्जको मुद्धामा सर्वाेच्चले दियाे यस्ताे आदेश

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १७ : १९ मा प्रकाशित

ब्रोकर लाइसेन्स र स्टक एक्सचेञ्जको मुद्धामा सर्वाेच्चले दियाे यस्ताे आदेश

ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको रिटकाे आज सुनुवाई भएकाे छ ।

आज न्यायधीशद्वय  अनिल कुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । आजकाे इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको छ । फेरि पनि अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिइएको छ ।

सर्वोच्च अदालतले कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियाे ।

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  ।  रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको