Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेन्टको लाभांश रुपमा बोनस घोषणा

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १० : ४४ मा प्रकाशित

गुहेश्वरी मर्चेन्टको लाभांश रुपमा बोनस घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.३७ प्रतशितका दरले हुन आउने ३५ लाख १ हजार ४७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको