Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको साधारणसभा आज, लाभांश सहित यी प्रस्तावहरु पारित हुने

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, ०६ : ०८ मा प्रकाशित

माउन्टेन इनर्जीको साधारणसभा आज, लाभांश सहित यी प्रस्तावहरु पारित हुने

माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा आज पौष ८ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको  थियो त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको