Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टीलरीसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १७ : १२ मा प्रकाशित

हिमालयन डिष्टीलरीसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५  वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएकाे छ । यी सबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि बुकक्लाेज गरेपछि उक्त कम्पनीहरूकाे मूल्य समायाेजन गरिएकाे हाे ।

हिमालयन डिष्टीलरी लिमिटेडकाे ६० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ५ सय १८ रूपैयाँ ७५ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडकाे १३.५० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १९ रूपैयाँ ३८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय रूपैयाँ १९ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ४ रूपैयाँ २० पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २३ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय २१ रूपैयाँ ३८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको