Like us!
Follow us!
Connect us!
Watch us!

ब्यवसायीहरुको माग सम्बोधनको तयारीमा राष्ट्र बैंक, ब्याजदर घट्ने संकेत

अर्थ संसार

बुधबार, २० पुस २०७९, ०७ : ५१ मा प्रकाशित

ब्यवसायीहरुको माग सम्बोधनको तयारीमा राष्ट्र बैंक, ब्याजदर घट्ने संकेत

नेपाल राष्ट्र बैंकले ब्याजदरलाई केहि संसोधन गर्ने तयारी गरेको छ । केहि साता अघिसम्म पनि कुनै संसोधनका लागि तयार नदेखिएका गर्भनर महाप्रसाद अधिकारीले नयाँ सरकार गठनसंगै केहि नितीगत संसोधनको संकेत दिएका छन् । 

चर्को ब्याजदरका बिरुद्धमा र चालु पुँजी कर्जा मापदण्ड अलिक खुकुलो बनाउने पर्ने माग सहित आन्दोलनरत व्यवसायीहरुलाई उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पुस महिना भित्रै माग सम्बोधन हुने आश्वासन दिएपछि अहिले उनिहरुले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

आन्दोलनरत व्यबसायीहरुलाई पौडेलले आँफुले पद सम्हालेको केहि दिनमै सिंहदरबार बोलाएर आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए, उक्त बार्तामा गर्भनर अधिकारी समेत सहभागि थिए । उक्त छलफलमा मन्त्री संगै गर्भनर पनि आफ्ना मागहरु प्रति केहि सकारात्मक देखिए पछि ब्यवसायीहरुले आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका हुन् । 

‘मन्त्री ज्यूको आग्रह र आश्वासन पछि हामिले तत्कालका लागि हाम्रा सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छौ, उहाँ हाम्रा मागहरु प्रति एकदमै गम्भिर पायौ यो पटक आशा छ कि हाम्रो माग सम्बोधन हुन्छ’ बार्तामा सहभागि एक व्यवसायीले भने ।

‘उहाँले हामिलाई पुस महिना भित्रमै केहि ठोस कुरा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ, यो पटक गर्भनर ज्युको पनि प्रस्तुति केहि भिन्द थियो त्यसले पनि हामिलाई केहि बढि आशावादी बनाएको छ सायद पुसको अन्तिमसम्ममा हामिलाई केहि राहतको खबर पक्कै आउला’ उनले भने । 

अर्थमन्त्रीको आग्रह पछि गभर्नर अधिकारीले व्यबसायीका माग सम्बोधनका बिषयमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग छुट्टाछुट्टै भेट तथा छलफल समेत गरेका थिए । राष्ट्र बैंक पदाधिकारीले मंगलबार नेपाल बैकर्स एसोसिएसनका पदाधिकारीसँग पनि छुट्टै भेटघाट गरेका थिए ।

नयाँ सरकार गठनसंगै एकाएक गर्भनर अधिकारी केहि नरम देखिएपछि अहिले व्यबसायीहरु आफ्ना मागहरु सम्बोधन हुनेमा केहि आशावादी देखिएका छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको