Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रलियम पदार्थको मूल्य घटाउने निगमको तयारी

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १३ : ३० मा प्रकाशित

पेट्रलियम पदार्थको मूल्य घटाउने निगमको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएसँगै नेपाल आयल निगमले पेट्रलियम पदार्थको मूल्य घटाउने तयारी गरेकाे छ । 

हिजाे बिहीबार प्रधानमन्त्री प्रचण्डले निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले निर्देशन दिएसँगै अब सञ्चालक समितिले मूल्य घटाउने निर्णय गर्नुपर्ने हुन्छ ।  तर हिजैमात्र मन्त्रिपरिषद्‌को बैठकले सचिव रायालाई अर्थ मन्त्रालयका सचिवमा सरुवा गरेको छ । अहिले प्रधानमन्त्री दाहालले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

अब नयाँ सचिव आएर सञ्चालक समितिको बैठक बसेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य कतिले घटाउने विषयमा निर्णय हुने निगम स्राेतले जनाएकाे छ । तर मूल्य भने घट्ने पक्का रहेकाे उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको