Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रममा पुँजीबजारका के-के कुरा समेटिए ?

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ०६ : २८ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रममा पुँजीबजारका के-के कुरा समेटिए ?

सोमबार सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा पुँजीबजारलाई विशेष प्राथमिकतामा राखिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा मस्यौदा कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले न्युनत साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।

पुँजीबजारमा आएको गिरावट लगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने । यसका लागि– वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने कुरा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावट लगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको