Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ०७ : २९ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने

उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताए । 

नेपाल आयल  निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताए । 

अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उनले बताए । पेट्रोलियम पदार्थको कारोबार गर्ने निगम एकाधिकार प्राप्त रहेको र व्यापारिक मोडेलको संस्था भएकाले आम्दानी बढेको  हुुनुपर्छ, सचिव मरासिनीले भने, “अहिले निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुुपर्ने अवस्था आएको छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको