Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, ११ : १५ मा प्रकाशित

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।  ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ ।

साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइट https://bit.ly/3igOa73 मा उपलब्ध रहने बैंकले जनाएको छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (Shopping Outlets), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको